default_image

2 years ago

June 17, 2023

फाइभ के रनमा मुकेश र राममाया च्याम्पियन

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मुकेश बहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढा युथ ओपन फाइभ के रनको च्याम्पियन बनेका छन् ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् । आर्मीकाद्वय श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेन्डसहित दोस्रो स्थान हासिल गर्दा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरे ।

राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ५५.५० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । एपीएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइन् ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले दौडका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.