2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित ग¥यो । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो ।
सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, एसकेसी नेपाल ‘ए’, स्किब्स ‘बी’, दुभ, टुख्या, केआईएनएस, प्रकाश ‘बी’ र टाइम आउटले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव र नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राईले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् ।
विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।
‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]