default_image

9 months ago

June 17, 2023

आयोजक कीर्तिपुरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ […]

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे ।

चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ को प्रदर्शन ग¥यो । अर्को खेलमा प्रनिश तिमिल्सिनाको २७ अंक सहयोगमा ललितपुरले भक्तपुरलाई ७१–६१ ले हरायो ।

पहिलो क्वाटरमा ९–१३ ले पछि परेको ललितपुरले दोश्रो र तेश्रोमा क्रमशः २७–१६ र २१–१७ को अग्रता बनाउदै जितका लागि आधार खडा ग¥यो । चौथोमा ललितपुर १४–१५ ले पछि प¥यो ।

प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले एक कार्यक्रमबीच उद्घाटन गरे । मोफसलका २ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

February 26, 2024

प्रिया र करणलाई दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- प्रिया राई र करण रावललेसिन्धुपाल्चोकको दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि जितेका छन्। निर्धारित २४.५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट ५० सेकेन्डमा पूरा गर्दै खोटाङकी प्रियाले उपाधि जितेकी‌ हुन्‌। गत वर्ष पनि प्रियाले नै उपाधि जितेकी थिइन्।२ घन्टा १३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै करणले उपाधि जितेका हुन्। महिलातर्फका धादिङकी रसिला […]

February 25, 2024

झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […]

February 25, 2024

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […]

Success

Thank you for your time.