2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेको छ ।

कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित ग¥यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५–४० ले हराएको थियो ।
कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा नागर्जुन नगरपालिका र ललिपतुर विजयी भए । नागर्जुनले टोखा नगरपालिकालाई ८७–८२ ले पाखा लगायो ।
नागर्जुनका सनान्तले उत्कृष्ट प्रदर्शन गर्दै ३२ अंक जोडे । ललितपुरले चन्द्रागिरीमाथि ७८–३३ को सहज जित दर्ता ग¥यो । ललितपुरका इरिस महर्जनले १४ अंक बटुले ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]