default_image

2 years ago

June 24, 2023

तेश्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेबाट हुने भएको छ ।

ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र र छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रुद्र थिङले जानकारी गराए ।

आसार १६ गते सम्म संचालन हुने प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष सहयोग रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शीर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् ।

यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा करिव २५० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

यस्तै ललितपुर जिल्ला ब्याडमिन्टन संघको बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधरण सभाले २०७९–८० को बिविध कार्यक्रम र आर्थिक प्रतिवेदन र आगामी आर्थिक बर्ष २०८०÷८१ को बार्षिक कार्यक्रम आर्थिक प्रक्षेपण संसोधन सहित बहुमतले पारित गरेको छ।

यसैबीच नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजना तथा ताप्लेजुङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनमा ताप्लेजुङ्गमा प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

लिममा सहभागी प्रशिक्षकहरुलाई नेपाल ब्याडमिन्टन संघको पूर्व उपाध्यक्ष एवं ब्याडमिन्टनका पूर्व प्रशिक्षक उदय कुमार श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए । सोही अवसरमा प्रतियोगिता नियन्त्रक (म्याच कन्ट्रोल) को पनि प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका ११ जिल्लाका २४ प्रशिक्षक एवं प्रतियोगिता नियन्त्रकहरुले ९ दिन सम्म प्रशिक्षण लिएका थिए । यस प्रशिक्षणले प्रदेश स्तरमा हुने दक्ष प्रशिक्षकको अभाव र प्रतियोगिताका दौरान हुने प्राविधिक अभावलाई पूर्ति गर्ने प्रशिक्षक श्रेष्ठले बताए । तालिम असार २ देखि १० गते सम्म संचालन भएको थियो ।

जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ ।

November 16, 2025

स्पेन विश्व कप छनोटको नजिक, बेल्जियम रोकियो

एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

Success

Thank you for your time.