2 years ago
June 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विसका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए । आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो गरी कार्यक्रम र बजेट भने नआएको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।
सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]