default_image

2 months ago

August 8, 2023

राष्ट्रिय उमा कुङफु भदौमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए । सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट […]

47 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र संजीतकुमार राई रहेका छन् । अन्य जजमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ छन् । श्याम डंगोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङफु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुईदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको जंरंकुमा हुनेछ ।

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

Success

Thank you for your time.