default_image

4 months ago

August 8, 2023

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा.ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन […]

77 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा.ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो । दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व ¥याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवर्धन गरेका छन् ।
अशोक उक्त प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका हुन् । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आप्mनो कर्मस्थल बनाउँदै आएका छन् ।

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]

November 20, 2023

भारतले फाइनलमा हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]

Success

Thank you for your time.