2 years ago
August 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि वर्षा हुँदा खेल केहीवेर अबरुद्ध भएको थियो । वर्षापछि खेल पुनः सुचारु हुँदा प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दोस्रो सेटमा पुलिसले २६–२४ को जित निकाल्न सफल भयो ।
तेस्रो सेट २५–२२ ले जित्दै गण्डकीले खेलमा फर्कने संकेत दिएपनि चौथो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । गण्डकीले हारेको सबै सेटमा बलियो चुनौती पेश गरेपनि जित भने निकाल्न सकेन ।
शुक्रबार नै हुनुपर्ने आयोजक किङ्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षाका कारण स्थगित भएको छ । तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेन ।
सुरुवाती दुई सेट एपिएफले २८–२६ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा आयोजक किङ्स क्लबले १९–१८ ले अग्रता लिइरहँदा वर्षा भएपछि खेल हुन सकेन । अब यो खेल शनिबार सुरुवातबाटै हुनेछ ।
यस प्रतियोगितामा गत महिना किर्गिस्तानमा सम्पन्न काभा नेसन्स लिगमा सहभागी भएका राष्ट्रिय टोलीका १२ खेलाडी खेलेका छैनन् । प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।
तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाण्पत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]