default_image

2 years ago

August 12, 2023

अरहान्त र कृष्णालाई उपाधि

1421 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् ।

अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, ११–४ र ११–८ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् ।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा अरहान्तको यो लगातार पाँचौ उपाधि हो । महिला एकलमा कृष्णा थापाले उपाधि रक्षा गर्ने क्रममा राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई ११–६, ११–९ र ११–९ को सोझो सेटमा हराइन् ।

उपाधिसँगै अरहान्त र कृष्णाले समान २१ हजार रुपैयाँसँगै ट्रफी पाएको छ । दोस्रो भएका दीपक र विपनाले १५ हजार तथा तेस्रो भएकाले समान ५ हजार रुपैयाँ पाएका छन् ।

यसैगरी यू–१९ ब्वाइजमा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८ र ११–५ ले पराजित गर्दै उपाधि जितेको छ । यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । पासाङ प्लेट विधामा पनि च्याम्पियन भएको थियो ।

यू–१९ ब्वाइजको विजेताले ११ हजार, दोस्रो भएको विकासले ६ हजार र तेस्रो भएका दुई जनाले समान ३ हजार रुपैयाँ पाएका छन् ।

यसैगरी मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कंसकार पहिलो भएका छन् । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२ र १०–६ ले हराए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.