2 years ago
September 10, 2023
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा यसै साता सुरु हुने २५ औं लामाचौर तीज महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला तथा पुरष भलिबल प्रतियोगिता हुने भएको छ ।

संस्थाको २७ औं वार्षिकोत्सवमा हुने प्रतियोगिता ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको मैदानमा हुनेछ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्नासँगै खेलकुदको विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताए ।
१० औं संस्करणको लामाचौर कपमा भलिबलमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए । महिलातर्फ विभागीय टोली एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, एपिएफ, पुलिस, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशको सहभागिता रहनेछ । पुरुष भलिबल गत वर्षदेखि सुरु भएको हो । महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले १ लाख ५० हजार, दोस्रा हुने टोलीले १ लाख र तेस्रो टोली ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]