2 years ago
September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक काठमाडौं महानगरपालिका वडा नं २३ ले जानकारी दिएको छ ।

लैनचौर फुटसल मैदानमा मंगलबार सुरु हुने प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पहिलो खेल आयोजक टोली र काठमाडौं महानगरपालिकाबीच हुनेछ ।
वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो प्रतियोगितको आयोजना गर्न लागिएको बताए । उनका अनुसार प्रतियोगितामा ३ सय भन्दा बढी युवा प्रतिस्पर्धा उत्रनेछन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २ लाख , दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, गोकिपर र सर्वाधिक गोलकताएले समान १० हजार रुपैयाँ पाउनेछन् ।
वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य, विशाल श्रेष्ठ र रामबहादुर रम्बा रजक रहेको ६ सदस्यीय मूल समिति गठन गरिएको छ । प्रतियोगिताको उद्घाटन काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्ने आयोजकले जनाएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]