2 years ago
October 4, 2023
सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् ।

ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको ढोरपाटनले त्यसपछिको तीनै सेट २५–२२, २५–१६ र २५–२३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
च्याम्पियन बनेको ढोरपाटनले २ हजार ६ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको सिपिएले १ हजार ६ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
महिलाको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा भलिबल क्लब च्याम्पियन बन्यो । विजेता पोखराले १ हजार ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो भएको सिपिएले ५ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

पुरुषतर्फ च्याम्पियन ढोरपाटनका विजय आचार्य तथा महिलातर्फ च्याम्पियन पोखरा भलिबल क्लबकी सन्जु पुर्जा सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष हिक्मत घर्ती मगरले जानकारी गराए ।
व्यक्तिगत विधामा पनि च्याम्पियन ढोरपाटनले वर्चश्व जमायो । ढोरपाटनका निश्चल सापकोटा उत्कृष्ट स्पाइकर, ढोरपाटनका खेम पुर्जा उत्कृष्ट सेटर, ढोरपाटनकै राज पाण्डे उत्कृष्ट ब्लकर र ढोरपाटनकै सरोज घर्तीमगर लिवेरो घोषित भए ।
छन्त्याल परिवारका तिलक छन्त्याल उत्कृष्ट सर्भर बने । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष मगरले जानकारी गराए । आइतबार भएको एक दिने रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको थियो ।
पुरुषतर्फ दि गुर्खा स्पोर्ट्स युथ क्लब, म्याग्दी काली युनाइटेड अस्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए), सनराइज युथ क्लब, जलजला परिवार अस्ट्रेलिया, ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब र गोल्डेन ब्वाइज युथ क्लब अस्ट्रेलियाको सहभागिता रहेको थियो ।
महिलामा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी, पोखरा भलिबल, छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) र म्याग्दी काली युनाइटेडको सहभागिता रहेको थियो ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई एएलडी कर्पाेरेट र केओईलगायतले प्रायोजन गरेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]