2 years ago
October 5, 2023
एजेन्सी – भारतीय प्रशिक्षक भिभिएस लक्ष्मणले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको कप्तानीको प्रशंसा गरेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतसँग २३ रनको हारेपछि नेपालको ड्रेसिङ रुममा आउँदै उनले रोहितको कप्तानीको प्रशंसा गरेका हुन् ।
‘रोहितको राम्रो कप्तानी । उनले टोलीलाई राम्रोसँग नेतृत्व गरे । टोलीमा जोश थियो र एक भएर खेलिरहेका थिए । र भिड्ने शक्ति लगातार देख्न पाइरह्यौं’, लक्ष्मणले भने ।
उनले नेपाली टोलीलाई टिप्स पनि दिएका छन् । ‘जुनसुकै क्रिकेटमा सफलता प्राप्त गर्न टोलीको अघि बढ्ने चाह हुनुपर्छ । निरन्तर भिड्ने क्षमता हुनुपर्छ । अझ दबाबमा हुँदा धेरै चाहिन्छ, जुन नेपालमा देखिएको थियो’, खेलपछि उनले भने ।
त्यसैमा उनले थपे, ‘त्यो नेपालको ब्याटिङ मात्र नभएर बलिङमा पनि देखिएको थियो । जब कुनै अोभर महँगो हुन्थ्यो अर्को बलर आएर गति रोक्थे ।’
रोहितको कप्तानीमा नेपालले आइसिसी विश्वकप लिग २ मा १२ मध्य ११ खेल जितेर ओडिआई मान्यता जोगाएको थियो । त्यस्तै विश्वकप छनोटमा स्थान र प्रिमियर कप जित्दै भारत र पाकिस्तानसँग पहिलो पटक खेलेको थियो । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित भएपनि प्रदर्शनलाई लिएर चौतफी प्रसंशा भएको थियो ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा पनि रोहितको कप्तानीमा नेपालले मंगोलियाविरुद्ध एक दर्जन भन्दा बढी विश्व कीर्तिमान बनाएको थियो । तर क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो । भारतसँग पराजित भएपनि नेपाली टोलीको प्रदर्शनलाई लिएर चौतर्फी प्रसंशा हुँदै आएको छ ।
रोहित गतवर्ष नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले सानदार प्रदर्शन गर्दै आएकोछ । सबैभन्दा कमजोर मानिने ब्याटिङनै टोलीको खुख्य हतियार बनेको छ । टिमलाई एकता बनाउन सफल भएका रोहितले नेपाली टोलीमा लगातार खेलाडी परिवर्तन गर्ने समस्या पनि अन्त्य गरेका छन् ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]