2 years ago
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेश भलिबल संघका ओपन स्पाइकर रवि केसी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गण्डकीलाई अपरााजित राख्दै च्याम्पियन बनाउन रविले सबै पाँच सानदार प्रदर्शन गरेका थिए । उनले मायाको चिनोसँगै नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
गण्डकीकै सरोज वर्देवा प्रतियोगिताको उदियमान खेलाडी बने । उनले पनि गण्डकीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनले २ हजार रुपैया प्राप्त गरे ।
व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा पुलिसका द्धारिका थापा, सेटरमा पुलिसका बलराम गुरुङ, सर्भरका ओसाका जापानका भारतीय खेलाडी समिर चौधरी, गण्डकीका कुञ्जन शाही ठकुरी उत्कृष्ट लिवेरो र गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले मायाको चिनोसँगै जनही ५ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे ।
काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश भलिबल संघ च्याम्पियन बनेको छ ।
पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेट १७–२५ ले नै गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले २५–२१ ले आफ्नो पक्षमा पार्दे जिततर्फ अग्रसर बन्यो । चौथो सेटमा सुरुवातदेखि नै अग्रता लिदै गण्डकीले २५–२१ ले जित्दै खेल आफ्नो पक्षमा पार्दे च्याम्पियन बन्न सफल भयो ।
गण्डकीले तीन साता अघि पोखरामा भएको लामाचौर कप भलिबल प्रतियोगितामा पनि पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो ।
उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ । सोमबारै नेपाल एपिएफ क्लबलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गर्दै धौलागिरी रेष्टुरेन्ट ओसाका जापानले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको ओसाका जापानले १ लाख र चौथो भएको एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजयी टोली तथा खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दविजयी टोली तथा खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव), नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्द र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुुर चन्दलगायतले पुरस्कृत गरे ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ ।
वीरजङ स्मृति भलिबलका उत्कृष्टहरु
सर्वाेत्कृष्ट – रवि केसी (गण्डकी)
उदियमान – सरोज वर्देवा (गण्डकी)
स्पाइकर – किरण गुरौं (गण्डकी)
ब्लकर – द्धारिका थापा (पुलिस)
सेटर – बलराम गुरुङ (पुलिस)
सर्भर – समिर चौधरी (ओसाका जापान)
लिवेरो – कुञ्जन शाही ठकुरी (गण्डकी)
प्रशिक्षक – रमेश केसी (गण्डकी)
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]