2 months ago
October 13, 2023
एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई २ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले ७५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । त्यस्तै कप्तान सकिब […]
एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई २ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो ।
बंगलादेशका मुश्फिकुर रहिमले ७५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । त्यस्तै कप्तान सकिब अल हसनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए ।
महमूदुल्लाह रियाद ४९ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा नट आउट रहे । लिटन दास रोयल डक, तानजिद हसन १६, मेहेदी हसन मिराज ३०, नाज्मुल हसन सान्टो ७, तौहिद हृदोय १३ र तस्किन अहमद १७ रनमा आउट भए ।
न्युजिल्यान्डका लोकी फर्गुसनले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । ग्लेन फिलिप्स र मिचेल सान्टनारले एक एक विकेट लिए ।
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]