2 years ago
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । उनलाई कसैले पनि चुनौती दिन सकेनन् ।

सुरूदेखि नै अग्रता बनाएका होमले निर्धारित (४२.१९५ किलोमिटर) दौड २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । म्याराथनमा दुई घण्टा ३० मिनेट खराब टाइमिङ मानिन्छ । १२ औं संस्करणको उपाधि समेत जितेका होमलाले यसअघि २ घन्टा २० मिनेटमा दौड पूरा गरेका थिए ।
एपिएफका सन्तोष बिष्ट दोस्रो भए । उनले २ घण्टा ३७ मिनेट ०१ सेकेण्डमा दुरी तय गरे । २ घण्टा ४३ मिनेट ०१ सेकेन्डको टाइमिङका साथ एपिएफका राजन चौधरी तेस्रो भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको म्याराथन ललितपुर, भक्तपुर जिल्ला विभिन्न स्थान हुँदै पुनः रंगशाला पुगेर टुंगिएको थियो ।

पहिलो भएका होमलालले १ लाख नगद सहित इन ड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सन्तोषलले ५० हजार र राजनले २५ हजार रुपैयाँ पाए ।
हाफ म्याराथन उपाधि खड्ग र विन्द्रालाई
आर्मीकै खड्ग बहादुर खड्का पुरुषतर्फको हाफ म्याराथन उपाधि जिते । १ घण्टा ०७.२९ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले १३ औं दक्षिण एसियालली खेलकुद (साग) मा म्याराथनमा स्वर्ण विजेता किरण सिंह बोहटीलाई लाई पछि पारेका थिए ।एपिएफका किरण दोस्रो भए । उनले १ घण्टा ०८. ५६ सेकेन्डमा दुरी पुरा गरेका थिए । एपिएफका राजेन्द्र तामाङ (१ घन्टा १४ मिनेट ३७ सेकेन्ड) तेस्रो भए ।

एपिएफकी विन्द्रा श्रेष्ठले महिलातर्फको हाफ म्याराथन उपाधि जितिन् । उनले १ घण्टा २५ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गरेकी हुन् । काठमाडौं म्याराथनमा उनको छैटौं उपाधि हो। यसअघि उनले पहिलो देखि पाँचौ संस्करणको उपाधि जितेकी थिइन् । ९ वर्षपछि खेलेकी बृन्द्रा च्याम्पियन बनेकी हुन् ।
आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो (१ घन्टा २७ मिनेट ०७ सेकेन्ड) र नेपाल प्रहरीकी सुमित्रा चौधरी ( १ घन्टा ३० मिनेट ३८ सेकेन्ड) तेस्रो भइन् । महिला र पुरुष दुवै तर्फको हाफ म्याराथनका विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी ५ किलोमिटर खुल्ला पुरूषतर्फ १७ मिनेट ५१. २८ सेकेण्डमा दुरी पूरा गर्दै पुलिसका नागेश्वर अहिर विजयी बने । एपिपएफका सञ्जिव नेपाली दोस्रो र आर्मीका गोपाल तामाङ तेस्रो भए ।
५ किलोमिटर महिलातर्फ भने आर्मीर्की बिमला तामाङ सफल भइन् । उनले २१ मिनेट ३९. ८१ सेकेण्डको टाइमिङमा दौड पूरा गरिन् । आर्मीकै बबिता राई दोस्रा र वसन्ती गोले तेस्रा भइन् । ५ किलोमिटर विद्यालयतर्फ छात्रामा पुर्णिमा श्रेष्ठ र छात्रतर्फ कृष्ण बहादुर श्रेष्ठले उपाधि जिते ।
एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा भएको म्याराथनका विजेतलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, शसस्त्र प्रहरीका पूर्व महानिरिक्षक सिंहबहादुर श्रेष्ठ,इन ड्राइभकी हेड अफ स्पोर्टस एना फेड्रिक, क्याथे प्यासिफिककी कन्ट्री हेड जुनु मेलेखु, हिमाल बेकरीका मेनेजिङ डाइरेक्टर सुवोधबहादुर प्रधानाङ्गलगायतले पुरस्कृत गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]