2 years ago
October 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ ।

आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा कन्यास्थानले बाजी मारेको हो । आइतबार नै सेमिफाइनल खेल भएको थियो ।
उपाधिसँगै विजेता कन्यास्थानले ५० हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको विद्यार्थीले ३० हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
सेमिफाइनल पराजित भएका जन आवाज युवा क्लब र म्हेन्दोफोले युवा क्लबले समान ५ हजार रुपैयाँ प्राप्त गरेको छ । सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक र डिफेन्डरले आकर्षक पुरस्कार हात पारेको गर्नेछ ।
कुपा युवा समाजद्धारा ६ कार्तिकबाट शुरु भएको प्रतियोगितामा ४० टोलीको सहभागिता रहेको थियो । पहिलो संस्करणमा भङेरी युवा क्लब धुवाकोट तथा दोस्रोमा थर्पु युवा क्लब दब्जोङ च्याम्पियन बनेको थियो ।
नरेन्द्रलाई मिनि म्याराथन दौड उपाधि
नेपाली सेनामा कार्यरत बैतडीका धावक नरेन्द्र राउतले तेस्रो संस्करणको मिनि म्याराथन (१० किमि) को उपाधि हात पारेको छ । उनले आर्मीमै कार्यरत बैतडीकै मोहन देव जोशीलाई पछि पार्दै पहिलो भएका हुन् ।

खोटाङका श्रीकाश राई तेस्रो तथा खनियाबास धादिङका विशाल गुरुङले चौथो स्थान हासिल गरे । मिनि म्याराथनको विजेता नरेन्द्रले २० हजार, मेडल प्रमाणपत्र हात पारेको छ । दोस्रो भएका मोहनले १० हजार, मेडल र प्रमाणपत्र पाएको छ ।
मिनि म्याराथन कुपा खेल मैदानबाट सुरु भई छाप, देउराली, गहते, गनेडाडा, पात्ले र काउले हुँदै सोही रुटबाट फर्किएर कुपा खेल मैदानमा आएर टुंगिएको थियो ।
पहिलो संस्करणमा खनियावास धादिङका श्रीलाल तामाङ तथा दोस्रोमा नेपाली सेनामा कार्यरत बैतडीका मोहन जोशी पहिलोे भएको थियो ।
फुटबल र मिनि म्याराथनका विजेतालाई निलकन्ठ नगर पालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा, वडा नम्वर १४ का अध्यक्ष नमराज दुवाडीलगायतले पुरस्कृत गरे ।
नुवाकोट र धादिङको सिमानामा रहेको यस कुपा गाँउमा पछिल्लो दुई वर्षयता फुटबल र मिनि म्याराथनसँगै परम्परागत रोटेपिङ र सास्कृतिक कार्यक्रम हुदै आइरहेको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]