default_image

2 years ago

December 10, 2023

अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोली

1916 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा पुस दोस्रो सातादेखि आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोलीको सहभागिता रहने भएकाे छ ।

आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहने जानकारी गराएको छ । आयोजकले आइतबार नै टाइसिट ‘ड्र’ गरेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

पोल ‘ए’ मा वेस्टर्न सिड्नी क्लब, गल्कोट समाज अष्ट्रेलिया, पोखरा भलिबल क्लब, मोना म्याग्दी, सनराइज युथ क्लब, म्याग्दी काली युनाइटेड क्लब र क्यानबेरा भलिबल क्लब रहेका छन् ।

पोल ‘बी’ मा गोल्डेन ब्वाइज क्लब, पर्वत बेनी क्लब, आयोजक गोर्खा स्पोर्ट्स क्लब ‘ए’, ढोरपाटन स्पोर्ट्स क्लब, जलजला परिवार अष्ट्रेलिया, गोर्खा स्पोर्ट्स क्लब ‘बी’ र छन्त्याल परिवार अष्ट्रेलिया रहेका छन् । खेलहरु नकआउटको आधारमा हुनेछ।

सर्वाधिक पुरस्कार राशिको एक दिने अन्तर्राष्ट्रिय पुरुष भलिबल कप पुस ८ (डिसेम्वर २४) मा हुँदैछ । क्लबको बार्षिकोत्सव, क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर र तेस्रो हुने टोलीलाई ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसँगै १ सय अष्ट्रेलियन डलर तथा व्यक्तिगत विधा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र प्रशिक्षकसँगै उदियमान खेलाडी र अनुशाषित खेलाडीले ट्रफीसँगै ५० अष्ट्रेलियन डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले गरेको संघका अध्यक्ष दिपेन राईले जानकारी गराए ।

कार्यक्रममा अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमाल, नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्का, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस सिड्नी पारामाटाका इन्चार्ज प्रविण शर्मा, रेफ्री संयोजक चकमान शेरपुजा मगर र नेपाल भलिबल संघ अष्ट्रेलियाका कार्यक्रम संयोजक दीपक अधिकारी, क्लबका अध्यक्ष दिपेन राई, क्लबका उपाध्यक्ष सुदिप केसी, क्लबका सचिव राज खड्का र प्रतियोगिता संयोजक तथा कप्तान प्रकाश फाल मगरलगायतको उपस्थिति रहेको थियो ।

अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमालले अष्ट्रेलियामा रहेर पनि नेपाली समुदायले भलिबल खेलको माध्यमबाट नेपाली समुदायलाई जोड्न काम गरिरहेको र प्रतियोगिताको सफलताको कामना गरे ।

नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्काले क्लबले आयोजना गर्न लागेको प्रतियोगितालाई सफलताको कामना गर्दै नेपाल भलिबल संघ अष्ट्रेलिया सहयोगको लागि तयार रहेको बताए । उनले विविध कारणवस समय मिलाउन नसक्दा यसपटक दुई दिनको अन्तरमा दुई प्रतियोगिता खेल्नुपर्ने अवस्था रहेपनि अर्काे वर्ष त्यस्तो नहुने थपे ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस सिड्नी पारामाटाका इन्चार्ज प्रविण शर्माले क्लबको कार्यक्रमलाई सफलताको कामना गरे ।

क्लबका अध्यक्ष दिपेन राईले क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेकाले सबैको सहयोगले नै कार्यक्रम सफल हुने बताएका छन् । उनले हरेक टोली जित्नकै लागि खेल्ने भएपनि अ‍ेल भावनाभित्र रहेर खेल्न सबै टोलीलाई आग्रह गरे ।

प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । यस्तै प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, रे पोपर्टी, फिस एट दि रक्स प्लाटिनम र नमस्ते रेष्ट्ररेन्ट, एभरेस्ट ड्राइभिङ र यात्री फुड रकले प्रायोजन गरेका छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.