2 years ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालिको आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथिी र ४५ बर्षमाथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।
राजनैतिक नेताका साथै खेलकुदलाई अतिनै माया गर्ने ब्यक्तित्व प्रकाश दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको संचालक अखिल शाहीले बताए ।
आयोकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सन बहादुर साम्वा समेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।
बरियता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिव ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् ।
हामीले विगतमा पनि प्रतियोगिताहरु आयोजना गर्दै आईरहेका थियौ जसमा खेलाडीहरुको अत्यन्तै चाप रहेको छ । यस पटक नेपाल ब्याडमिन्टन संघको बरियता समेत हुने भएका कारण खेलाडीहरुको चाप अझै बढ्न सक्ने देखेका छौं प्रतियोगिता संयोजक शेर्पाले बताए ।

अम्पायर देउजा दुवई प्रस्थान
बिश्व ब्याडमिन्टन महासंघको आयोजनामा हुने पाचौं फजा दुवइ पारा ब्याडमिन्टन इन्टरनेशनल २०२३ मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली निर्णायक राजु देउजा संयुक्त अरव इमिरेटको दुवई प्रस्थान गरेका छन् ।
डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । देउजाले यसअघि पनि विभिन्न अन्तराष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]