default_image

2 years ago

December 10, 2023

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन हुने

628 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालिको आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथिी र ४५ बर्षमाथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।

राजनैतिक नेताका साथै खेलकुदलाई अतिनै माया गर्ने ब्यक्तित्व प्रकाश दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको संचालक अखिल शाहीले बताए ।

आयोकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सन बहादुर साम्वा समेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।

बरियता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिव ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् ।

हामीले विगतमा पनि प्रतियोगिताहरु आयोजना गर्दै आईरहेका थियौ जसमा खेलाडीहरुको अत्यन्तै चाप रहेको छ । यस पटक नेपाल ब्याडमिन्टन संघको बरियता समेत हुने भएका कारण खेलाडीहरुको चाप अझै बढ्न सक्ने देखेका छौं प्रतियोगिता संयोजक शेर्पाले बताए ।

अम्पायर देउजा दुवई प्रस्थान
बिश्व ब्याडमिन्टन महासंघको आयोजनामा हुने पाचौं फजा दुवइ पारा ब्याडमिन्टन इन्टरनेशनल २०२३ मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली निर्णायक राजु देउजा संयुक्त अरव इमिरेटको दुवई प्रस्थान गरेका छन् ।

डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । देउजाले यसअघि पनि विभिन्न अन्तराष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.