2 years ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन खेलाडीद्वय रशिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रशिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी रक्षा गरेका हुन् ।
महिला एकलतर्फ रशिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९ र २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४ र २१–१७ ले पराजित गरे । महिलातर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुषतर्फ पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेश्रो भए ।
पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यलाई हराए । सेनाका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेश्रो भए ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु–१७ पुरुषतर्फ सेनाका कविर केसीले सेनाकै अभय महरालाई २१–९, २१–४ ले पराजित गर्दै उपाधी हात पारे । गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ तेस्रो भए ।
यस्तै महिला यु–१७ मा कास्कीकी दिलाशा रानालाई २१–१८, २१–१० ले पराजित गर्दै सेनाकी रेहाना शेरचनले उपाधी उचालिन् । तेश्रो स्थानमा ललितपुरकी श्रेया बज्राचार्य र टिशा रानी शाक्य रहे ।
पुरुष ४५ बर्ष माथिको युगलतर्फको खेलमा कास्कीका कास्कीका डोल राज आले र कुस्माका प्रेम गुरुङलाई पराजित गर्दै कास्कीकै राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडी पहिलो भए । पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी संयुक्त तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव बिरेन्द्र बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ बिजयी खेलाडीहरुले नगद ४० हजार, उपविजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको खर्च करिव ३० लाख रहेको थियो ।
५ दिन सम्म संचालन भएको प्रतियोगितामा २६७ खेलाडीहरुले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]