default_image

2 years ago

December 24, 2023

विशाल सर्वाेत्कृष्ट

2746 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका ओपन स्पाइकर विशाल बहादुर विक प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आयोजक द गोर्खा स्पोर्ट्सलाई च्याम्पियन बनाउन विशालले सानदार प्रदर्शन गरेका थिए । एक दिने प्रतियोगिताको चार खेलमा विशालले अल राउन्डर प्रदर्शन गरेका थिए ।

उनी नै प्रतियोगिताको अनुशाषित खेलाडी घोषित भए । उनले सर्वाेत्कृष्टको १ सय अमेरिकी डलर तथा अनुशाषितको ५० अष्ट्रेलियन डलर गरी कुल १ सय ५० डलर र ट्रफी हात पारे ।

सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले उनको स्वर्गीय बुवा माधव प्रसाद श्रेष्ठको स्मृतिमा प्रायोजन गरेको थियो ।

व्यक्तिगत विधातर्फ पनि च्याम्पयन बनेको गोर्खाले वर्चश्व जमायो । गोर्खाकै शुभम दिसा मगर उदियमान, गोर्खाकै प्रकाश फाल मगर सेटर, प्रेम केसी सर्भर, दिवस गुरुङ लिवेरो र दिपेन्द्र राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

सनराइजका राजु शेरचन ब्लकर र छन्त्याल परिवार अष्ट्रेलियाका तिलक छन्त्याल उत्कृष्ट स्पाइकर चुनिए । व्यक्तिगत विधाका सबैले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी हात पारे ।

आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ ।

अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको फाइनलमा गोर्खाले २५–१७, २५–१९ र २५–२३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै गोर्खाले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको सनराइजले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर, कप मेडल र प्रमाण पत्र हात पारेको छ । तेस्रो भएको मोना म्याग्दीले ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी खेलाडीलाई एनआएनए सिड्नीका पुर्व उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङ, मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमाल, नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्का, रेफ्री संयोजक चकमान शेरपुजा मगर र नेपाल भलिबल संघ अष्ट्रेलियाका कार्यक्रम संयोजक दीपक अधिकारी र क्लबका अध्यक्ष दिपेन राईलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा अष्ट्रेलियामा रहेको नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेको थियो । खेलहरु नकआउटको आधारमा भएको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट –
विशाल बहादुर विक (गोर्खा)
अनुशाषित – विशाल बहादुर विक (गोर्खा)
उदियमान खेलाडी – शुभम दिसा मगर (गोर्खा)
स्पाइकर – तिलक छन्त्याल (छन्त्याल परिवार)
सेटर – प्रकाश फाल मगर (गोर्खा)
सर्भर – प्रेम केसी (गोर्खा)
ब्लकर – राजु शेरचन (सनराइज)
लिवेरो – दिवस गुरुङ (गोर्खा)
प्रशिक्षक – दिपेन्द्र राई (गोर्खा)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.