default_image

2 years ago

January 1, 2024

रवि सर्वाेत्कृष्ट

3353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) का ओपन स्पाइकर रवि केसी नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् ।

गण्डकी प्रदेशका महत्वपूर्ण स्पाइकर रहेका रविले प्रदेशीलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी एक दिनअघि मात्रै हङकङबाट युएईं पुगेका थिए । हङकङमा दुई प्रतियोगिता खेल्दा त्यहा पनि रवि दुवै प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।

सर्वाेत्कृष्ट बनेका रविले २ सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गरेको छ । प्रदेशीकै सुजन चोखाल उत्कृष्ट सेटर, इन्द्र बिक क्विकर, राजन दर्लामी मगर लिवेरो र मनु खड्का उत्कृष्ट प्रशिक्षक चुनिए ।

तनहुँका मिलन चन्द उत्कृष्ट स्पाइकर, पाल्पाका रेशम छन्त्याल उत्कृष्ट ब्लकर, पाल्पाकै हेमन्त मल्ल उत्कृष्ट सर्भर चुनिए । विधागतका उत्कृष्टले १ सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गरेको छ ।

युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रदेशी लगातार दोस्रो संस्करणमा पनि च्याम्पियन बन्न सफल भयो ।

प्रदेशीले नेपाली घरेलु भलिबलमा चर्चित रवि केसी, सुजन चोखाल, राजन दर्लामी मगर, बिष्णु बस्नेत, इन्द्र बिक जीवन सुनारलाई टोलीमा समेटेको थियो ।

तनहुँले मिलन चन्द ठकुरी, प्रेम कुमाल र विशाल ठकुरीलाई टोलीमा समेट्दा तेस्रो भएको पाल्पा सेवा समाजले सन्जु विक्रम शाह, रेशम छन्त्याल र हेमन्त बहादुर मल्ललाई टोलीमा समेटेको थियो ।

एक दिने प्रतियोगितामा युएईंमा रहेका नेपाली समुदायका विभिन्न २० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट – रवि केसी (प्रदेशी हातेमालो)
स्पाइकर – मिलन चन्द ठकुरी (तनहुँ सेवा समाज)
सेटर – सुजन चोखाल (प्रदेशी हातेमालो)
क्विकर – इन्द्र विक (प्रदेशी हातेमालो)
ब्लकर – रेशम छन्त्याल (पाल्पा सेवा समाज)
सर्भर – हेमन्त मल्ल (पाल्पा सेवा समाज)
लिवेरो – राजन दर्लामी मगर (प्रदेशी हातेमालो)
प्रशिक्षक – मनु खड्का (प्रदेशी हातेमालो)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.