default_image

2 years ago

January 1, 2024

बुकी कप भलिबलमा मान बहादुर सर्वाेत्कृष्ट

9351 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए ।

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली पुलिसमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । मान बहादुरले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष, नेपाल भलिबल संघ जापान तथा गल्कोट स्पोर्ट्स क्लब जापनका पुर्व अध्यक्ष, समाजसेवी व्यक्तित्व रत्न सिंह बस्नेत र घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष, गल्कोट स्पोर्ट्स क्लबका महासचिव दिनेश थापाले आर्मीका मान बहादुर र पुलिसका सफल विकलाई विशेष पुरस्कारले सम्मानित गरे ।

पुलिसका पहल गहतराज (टर्की) उत्कृष्ट स्पाइकर चुनिए । आर्मीका दुर्गा महतो उत्कृष्ट सेटर, पुलिसका सफल विक उत्कृष्ट ब्लकर, पुलिसका रविन नगरकोटी उत्कृष्ट सर्भर, आर्मीका ईश्वर थापा उत्कृष्ट लिवेरो तथा आर्मीका जगत सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट प्रशिक्षकले १० हजार र अन्य उत्कृष्टले समान ६ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मी च्याम्पियन
त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । त्यसपछि आर्मीले दुवै सेट २२–२५ र २१–२५ ले गुमाउन पुग्यो ।

चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७–२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । आर्मी २२–२४ ले पछि रहेपनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४–२४ को बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि एक अंक जोड्दै पुलिस च्याम्पियन नजिक पुगेपनि आर्मीले लगातार तीन अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो ।

चौथो सेटमै जित नजिक पुगेपनि सेट गुमाएको पुलिसले पाँचौ सेटमा भने फितलो प्रदर्शन गर्यो । अर्काेतर्फ आर्मीले उच्च मनोबलका साथ खेल्दै सेटलाई आफ्नो पक्षमा पार्न सफल भयो ।

पाँचौं सेटमा ४–४ को बराबरीबाट लगातार ४ अंक जोड्दै आर्मीले ८–४ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि ११–६ को स्थितिबाट आर्मीले लगातार ५ अंक जोड्दै आर्मी च्याम्पियन बन्न सफल भयो । यससँगै आर्मीले लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ । उपाधिसँगै आर्मीले ५ लाख,पुलिसले २ लाख ५० हजार र एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गल्कोट नगरपालिकाको सहभागिता थियो ।

प्रतियोगिताको उत्कृष्टहरु

सर्वाेत्कृष्ट – मान बहादुर श्रेष्ठ (आर्मी)
सेटर – दुर्गा महतो (आर्मी)
स्पाइकर – पहल गहतराज (पुलिस)
ब्लकर – सफल विक (पुलिस)
सर्भर – रविन नगरकोटी (पुलिस)
लिवेरो – ईश्वर थापा (आर्मी)
प्रशिक्षक – जगत सिंह (आर्मी)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.