2 years ago
January 8, 2024
सुर्खेत हाम्रो खेलकुद) – विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि मंगलबार काेशी प्रदेशलाई पराजित गरे समूह उप विजेताकाे रुपमा सेमिफाइनलमा पुग्नेछ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकाल्यो । १७–२० को स्थितिमा रहँदा एपिएफले लगातार ५ अंक बटुल्दै जित हात पार्न सफल भयो ।
दोस्रो सेटमा एपिएफले सुरुवातमा सानदार प्रदर्शन गर्दा एपिएफ निरिह देखिन पुग्यो । एक समय एपिएफले १२–२ को आरामदायी अग्रता लिएको थियो । पुलिसले पूनरागमन प्रयास गरेपनि एपिएफले २५–१५ को सहज जित निकाल्यो । दोस्रो सेटमा पुलिसले केही खेलाडी परिवर्तन गर्दा खेलमा तालमेल देखिएन ।
रोमाञ्चक र विवादित बनेको तेस्रो सेट भने २५–२२ ले जित्दै पुलिसले खेललाई कायमै राख्यो । प्रतिस्पर्धात्मक बनेको सेटमा पुलिस १८–१६ ले अघि रहँदा रेफ्रीको निर्णयमा पुलिसले असन्तुष्टि जनाउँदा खेल केही बेर रोकिन पुग्यो । त्यसपछि पनि खेल विवादित बनिरह्यो ।
पुलिस २३–२२ ले अघि रहँदा रेफ्रीको निर्णयमा एपिएफले असन्तुष्टि जनाउँदा खेल केही बेर रोकिन पुग्यो । लगातार विवाद गरिरहेपछि रेफ्रीले एपिएफलाई सुरुवातमा पहेलो कार्ड र त्यसपछि पनि विवाद गर्न नछाडेपछि रेफ्रीले एपिएफलाई रातो कार्ड देखाउनु परेपछि पुलिसले अर्काे अंक पाएकाे थियो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा भने एपिएफले अन्तिम समयतिर अग्रता लिदै २५–२० को जित निकाल्न सफल भयो । समूह ‘ए’ मा अपराजित रहेको एपिएफले ३ खेलबाट ९ अंक जोडेको छ । पहिलो हार बेहोरेको पुलिसको ३ खेलबट ६ अंक छ । लुम्बिनीकाे पनि ६ अंक रहँदा काेशीकाे ३ तथा बाग्मती अंकविहीन छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]