default_image

7 months ago

January 10, 2024

सन्दीपलाई ८ वर्ष जेल सजाय

2353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ ।

दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपुर्ती गरि ५ लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंंले सजाय सुनाएको छ ।

सन्दीपलाई ३ लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती तोकिएकोछ । गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।

सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका पछिल्ला १२ खेल मध्य ११ खेल जित्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण थियो ।

नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

विदेश भ्रमणमा भने पेसीको कारण केहि झन्झटमा पर्दै आएका थिए । सन्दीप अब निर्दोष साबित नहुन सम्म नेपाली क्रिकेट टोलीबाट पनि खेल्न नपाउने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई बताई सकेका छन् ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.