default_image

2 years ago

January 11, 2024

रविन सर्वाेत्कृष्ट, पहल उदियमान

6097 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकरद्धय रविन चन्द र युवा स्टार पहल गहतराज ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी घोषित भएका छन् । रविन सर्वाेत्कृष्ट तथा पहल उदियमान खेलाडी घोषित भएका हुन् ।

पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए । रविनले समूह चरणको तुलनामा सेमिफाइनल र फाइनलमा सानदार प्रदर्शन गरेका थिए । रविनले सर्वोत्कृष्ट खेलाडी वापत पाएको पुरस्कार रकम पुलिसकै पूर्व खेलाडी आयुष्मा पुन मगरलाई प्रदान गर्ने हाम्रो खेलकुदलाई जानकारी दिए । आयुष्माको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था भएको र आर्थिक सहयोग आवश्यक परेको हुनाले प्रतियोगिताका दौरान उनको स्वास्थ्य उपचार सहयोगको लागि रकम उठाइएको थियो ।

सर्वाेत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उनलाई लक्ष्मी नारायाण मेमोरियल ट्रष्टबाट १२ हजार, नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष (हाल अमेरिका) ले १० हजार रुपैयाँ, हङकङमा रहेका मोहन बाकमलले ५ हजार रुपैयाँ प्राप्त गरे ।

उदियमान खेलाडी पहलले ट्रफीसँगै ५ हजार रुपैयाँ हात पारे । पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए । उनीहरुले समान ५ हजार रुपैयाँसँगै ट्रफी हात पारे ।

कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

वर्ष २०८० मा पुलिसले सातौं फाइनल खेल्दा पहिलो उपाधि जित्न सफल भएको हो । पुलिसले पोस्ट बहादुर बोगटी स्मृति कपसँगै ललितपुर मेयर कप, सातौ प्रधानमन्त्री कप एनभिए क्लब लिग, लामाचौर कप, विरजङ स्मृति कप र बुकी कपको फाइनल गुमाएको थियो ।

पुलिसले ललितपुर मेयर कप र बुकी कपमा आर्मी, लामाचौर र विरजङ स्मृति कपमा गण्डकीसँग तथा एनभिए क्लब लिगमा हेल्प नेपाल र पोस्ट बहादुरमा एपिएफसँग हार बेहोरेको थियो ।

पुलिससँगको हारसँगै एपिएफ वर्ष २०८० मा तेस्रो उपाधि जित्नबाट वञ्चित बन्यो । यसअघि एपिएफले प्रथम पोस्ट बहादुर बोगटी स्मृति भलिबल प्रतियोगिता र केशवलाल मेमोरियल खुल्ला भलिबल प्रतियोगिताको उापधि जितेको थियो । एपिएफले पोस्ट बहादुरमा पुलिसलाई र केशवलालमा आर्मीलाई हराएर उपाधि जितेको थियो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेसमफाइनल खेलेका थिए ।

प्रतियोगिताको सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट –
रविन चन्द (पुलिस)
उदियमान – पहल गहतराज (पुलिस)
स्पाइकर – हेमन्त मल्ल (एपिएफ)
सेटर – इम बहादुर राना (पुलिस)
ब्लकर – रविन नगरकोटी (पुलिस)
सर्भर – जीवन सुनार (गण्डकी)
लिवेरो – भीम बहादुर गाहा (पुलिस)
प्रशिक्षक – चन्द्र कुँवर (पुलिस)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.