default_image

2 years ago

January 11, 2024

नाथम हस्पिटालिटी कप अर्को साता

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नाथम हस्पिटालिटी कप–२०२४ इन्डोर क्रिकेट गेम (क्रिक्सल) अर्को साता आयोजना हुने भएको छ। पुस २९ गते सुरु हुने प्रतियोगिता ५ दिन सम्म चल्नेछ ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट इन्स्टिच्युट सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) मा भर्ना भएका विद्यार्थीहरूका लागि विभिन्न क्लबहरू मध्ये एउटा क्लब हेल्थ एण्ड स्पोर्ट्स, र आईटी, मिडिया एण्ड पब्लिकेशन क्लबले  गोल्फुटार रोयल इन्डोर क्रिकेटमा हुनेछ।

प्रतियोगितामा उपत्यका भित्रका विभिन्न १६ कलेजहरुको सहभागिता रहने बताइएको छ ।प्रतियोगिताको विजेताले ७० हजार र दोस्रो हुने टोलीले  ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

दुबै टोलीले मकवानपुरको टिस्टुङमा रहेको ओम अध्याय रिसोर्टमा एक रात नि:शुल्क बस्न पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीले विशेष पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिष्ठान स्वास्थ्य तथा खेलकुद तथा आईटी, मिडिया र पब्लिकेशन क्लबका अध्यक्ष रजत विक्रम कार्की र उत्सव पोखरेलले खेलकुद प्रतियोगिताको उद्देश्य विभिन्न कलेज र विद्यार्थीबीच  राम्रो सम्बन्ध स्थापित गर्नु रहेको बताएका छन्।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.