default_image

7 months ago

January 13, 2024

बायर्न म्युनिखको जित

373 views

0 Bookmark

एजेन्सी- बायर्न म्युनिखले बुन्डेसलिगामा शुक्रबार १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ ।
जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गरिएको खेलमा बार्यनका लागि जमाल मुसियालाले २ र ह्यारी केनले १ गोल गरेका थिए।

मुसियालाले १८ औं मिनेटमा पहिलो गरेका थिए। उनले ७० औं मिनेटमा अर्को गोल गरेका थिए। ७४ औं मिनेटमा दोहोरो पहेंलो कार्डपछि रातो कार्डको सामना प्रोमोलले मैदान छाडेपछि होफनहाइम १० खेलाडी सिमित भएको थियो।

केनले अन्तिम मिनेटमा गोल गर्दै जितको‌ अन्तरलाई बढाएका थिए। यो सिजन उनको त्यो २२ औं गोल हो ।
बायर्न १६ खेलमा ४१ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा १ अंकले पछि छ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.