default_image

6 months ago

January 15, 2024

एसियन कपमा इरान र युएईको जित

1059 views

0 Bookmark

एजेन्सी – कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह ‘सी’ मा इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले जित निकालेको छ ।

आइतबार इरानले प्यालेस्टाइनलाई ४–१ र युएईले हङकङलाई ३-१ ले हराएको थियो।

इरानका करिम अन्सारिफार्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलिलजादेहले र ३८ औं मिनेटमा मेहदी अब्दोलहामिद घएदीले गोल थपेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल फर्काएका थिए। सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरानले फराकिलो अन्तरको जित निकालेको थियो।
आइतबार समूह ‘डी’मा जापानले भियतनामलाई ४–२ ले हराएको थियो।

एसियन कपमा सोमबार नेपाली समयअनुसार साँझ ५:१५ बजे दक्षिण कोरिया र बहराइन, ८:१५ बजे इन्डोनेसिया र इराक तथा राति ११:१५ बजे जोर्डन र मलेसियाबीच खेल हुनेछ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.