default_image

6 months ago

February 3, 2024

पिएम कप उपाधिका लागि पुलिसलाई मध्यम लक्ष्य 

937 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को फाइनल खेलमा त्रिभुवन आर्मी क्लब सामान्य योगफलमा रोकिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ४९.५ ओभरमा १८१ रनमा समेटियो । 

आर्मीका लागि बिबेक यादवले ८१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । उनी अन्तिम ओभरको पाचौ बलमा रन आउट भएका थिए । जितेन्द्र मुखिया २ रनमा अविजित रहे । अन्तिम विकेटका लागि यी दुई ब्याटरले ४२ रनको साझेदारी गरेका थिए ।     

आर्मीले सुरुवातबाट नै पुलिसको स्पिन अट्याक विरुद्ध संघर्ष गर्नु पर्यो । ओपनर सन्तोष कार्कीलाई चौथो ओभरको आफ्नो स्पेलको पहिलो बलमा ललित राजबंशीले ६ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । भिम शार्की पनि ललितकै बलमा छैठौ ओभरको पहिलो बलमा ५ रनमा आउट भए ।

सोहि ओभरको अन्तिम बलमा सन्दिप रजालीलाई ललितले शुन्यमा बोल्ड गरे । राम्रो लयमा रहेका कप्तान बिनोद भण्डारी २ रनमा करन केसीको बलमा करन द्वारा नै क्याच हुन पुगे ।

राम्रो सुरुवात गरेका कुशल मल्ल सागर ढकालको बलमा २०औ ओभरमा ३२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए । बसिर अहमदलाई २१औ ओभरमा दिपेन्द्र सिंह ऐरीले १ रनमा आफ्नो शिकार बनाए ।

त्यसपछि आउट हुने ओपनर इमरान शेख थिए । अर्को तर्फ लगातार विकेट झरिरहँदा क्रिजमा डटेर रहेका उनी ६६ बलमा २८ रन बनाउँदै २५औ ओभरमा दिपेन्द्रकै बलमा क्याच आउट भए । 

आठौ विकेटका लागि बिबेक यादव र सोमपाल कामी मिलेर ५९ रनको अर्धशतकीय साझेदारी गरे । सो साझेदारी सोमपाल ३९औ ओभरमा कुशल भुर्तेलको बलमा ५८ बल खेल्दै ३९ रन बनाएर आउट भएपछि तोडिएको थियो । त्यसपछि आएका शाहब आलम २ रन बनाएर दिपेन्द्रको बलमा आउट भए ।    

पुलिसका लागि ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए । ललितले १० ओभरमा २ मेडन सहित २१ रन खर्चिए । दिपेन्द्रले ९ ओभरमा ३१ रन दिए । यस्तै सागर ढकालले १० ओभरमा २३ रन मात्र दिएर १ विकेट लिए ।

करन केसीले १० ओभरमा ६५ रन खर्चेर १ विकेट नै लिए । कुशल भुर्तेलले पनि ३ ओभर बलिङ गरेर १२ रन खर्चिंदै १ विकेट लिन सफल भए । रशिद खान ७.५ ओभरमा २४ रन दिँदै विकेटविहिन रहे ।               

पुलिस लिग चरणको सबै खेलमा जित निकाल्दै पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । आर्मीले भने ९ खेलमा ७ जितसहित दोस्रो स्थानमा रहँदै पुलिस विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।  

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.