11 months ago
February 16, 2024
राकेश तिमल्सिना, चितवन
एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको उद्घाटन खेलमा आज (शुक्रबार) नारायणी नमुना माविले अंकुरम एकेडेमीलाई ९३ रनले हराएको छ ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो ।
नारायणीका लागि तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित सन्देश खनालले सर्वाधिक २८ रन बनाए । १३ बल खेलेका सबिन खरेलले १८ रन जोडे ।
बलिङमा मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोख्रेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले समान १ विकेट लिए ।
१ सय ४४ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरम १३.२ ओभरमा ५० रन बनाउदा अलआउट भयो । अंकुरमका ओपनर विप्लव पोख्रेल २४ बलमा ५ चौकासहित सर्वाधिक २६ बनाउदा चन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अंकुरमको इनिङस ध्वस्त बनाउने क्रममा उमेश महतो एक्लैले ६ विकेट लिए । निखिल चापागाई, संजय यादव र चन्दन यादवले समान १ विकेट लिए । ४ ओभरमा १४ रन खर्चदै ६ विकेट लिएका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछन् । पहिलो खेलमा अर्किड इंग्लिस स्कुलले विश्वप्रकाश मावि.सँग प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा वाल्मिकी शिक्षा सदन र लक्ष्मी मा.वि आमनेसामने हुनेछन् ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]