default_image

5 months ago

February 19, 2024

नामिबियामाथि नेदरल्याण्ड्सको सहज जित

3876 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पहिलो खेलमा नेपाल विरुद्ध हार बेहोरेको नेदरल्याण्ड्सले आईसिसि लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा सहज जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले हराएको हो । १२४ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले ८१ बल खेलेर ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे । यस्तै अर्का ओपनर म्याक्स ओ’डाउडले २८ रन बनाए ।

साइब्रान्ड एङ्गलब्रेक्टले ६ रन जोडे । बास डे लिडे २१ र कप्तान स्कट एडवार्ड्स ४ रन बनाएर अविजित रहे । नामिबियाका लागि ३ विकेट नै कप्तान जेरार्ड इरासमसले लिन सफल भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि सर्वोत्कृष्ट ओडीआई बलिङ प्रदर्शन गरेपछि नामिबिया खेलमा सामान्य योगफल खडा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चदै ६ विकेट लिए । यो नेदरल्याण्ड्सका लागि एक दिवशीय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन समेत हो । 

यस्तै काइल क्लाइनले ५.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक-एक विकेट लिए ।

नामिबियाका लागि जेजे स्मिटलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए । उनलाई म्याक्स ओ-डाउडले २८औ ओभरमा आठौ विकेटका रुपमा आउट गरेका थिए । यस्तै तल्लोक्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्कासहित २० रन बनाए । उनी भने रुलफ भ्यान डर मर्वाको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट गरेका थिए ।  

नामिबियाको शीर्षक्रमका कुनै ब्याटर चल्न सकेनन् । ओपनर निकोलास डाभिन आठौ ओभरमा १८ बल खेल्दै १३ रन बनाएर पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई काइल क्लाइनले आउट गरेका थिए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए ।

ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए । ज्यान फ्राईलिंकलाइ पनि दत्तले शुन्यमा आउट गराए । कप्तान जेरार्ड इरासमसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाएपछि दत्तकै बलमा साइब्राण्ड एङ्गलब्रेक्टलाई क्याच दिन पुगे ।

ज्यान निकोल लोफ़्टि-इटन पनि शुन्यमा दत्तकै बलमा बोल्ड भए । जेन ग्रिनलाई दत्तले १९ रन बनाएको अवस्थामा क्याच आउट गराए । त्यसपछि अन्तिम विकेटका रुपमा बर्नार्ड स्कोल्ज १२ रन बनाएर क्लाइनको बलमा बोल्ड भयेपछि इनिङ समाप्त भयो ।

नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा शनिवार नेपाल विरुद्ध ९ विकेटले पराजित भएको थियो । नामिबियाले भने पहिलो खेलमा नेपाल माथि ४ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो । तीनै टोलीको २-२ खेल खेल्दा समान २-२ अंक भएको छ ।

अर्को खेलमा घरेलु टोली नेपाल र नामिबिया बुधवार आमने-सामने हुने छन् ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.