default_image

1 year ago

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् ।

साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

पुरुषतर्फ सर्वाधिक गोल संयुक्त रुपमा हरि खड्का, निराजन रायमाझी र अन्जन विष्टको नाममा रहेको छ । उनीहरुको समान १३ गोल रहेको छ ।

सम्बाले खेलपछि भनेकी छिन्, ‘आज देशका लागि ५० गोल पुगेको छ । यो यात्रामा मलाई साथ सहयोग गर्नेलाई सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिन चाहान्छु । यो माया ममता देखाउने फुटबल समर्थकहरुलाई हृदयदखि धन्यवाद दिन चाहान्छु ।’

उनले जारी वाफ च्याम्पियनसिपका टोली उपाधिमा केन्द्रित रहेको समेत बताएकी छन् । यो प्रतियोगितामा उपाधिका लागि आएका छौं । हामी त्यसमा केन्द्रित छौं । आउने दिनमा पनि यसरी नै साथ सयहोगको अपेक्षा गर्दैछौं ।’

लगाता दुई खेल जितेको नेपाल वाफको सेमिफाइनलमा पुगिसको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुंगो लागेको हो । ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुबै समुहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराउँदै ६ अंक जोडिसकेको छ । यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । प्यालेस्टाइनले अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ । नेपाललाई भने समूह विजेता बन्न बराबरी पर्याप्त हुनेछ ।

यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । शुक्रबार हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।

साम्बाले झण्डै दशक लामो अन्तर्राष्ट्रिय फुटबलमा साम्बाले ५० गोलको कोसेढुंगा पार गरेकी हुन्। सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । बिचमा गम्भीर चोटका कारण टोलीबाहिर रहेपनि उनले पुनरागमन गर्दै गोल गर्ने क्रममा निरन्तरता दिएकी थिइन् ।

साम्बाले आफूले खेलेको ४४ मध्ये २५ खेलमा गोल गरेकी छिन् । उनले गोल गरेको ४ खेलमा मात्र नेपालले हार बेहोरेको छ । उनले गोल गरेको १७ खेलमा नेपालले जित दर्ता गर्दा ४ खेल बराबरीमा टुंगिएका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.