default_image

5 months ago

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

456 views

0 Bookmark

सुमन अधिकारी, बुटवल
रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले जनाएको छ ।

५ दिनसम्म चल्ने प्रतियोगितामा पहिलो पटक कोरियन खेलाडी पनि सहभागी हुन लागेको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

प्रतियोगितामा विभिन्न ११ इभेन्टमा विभिन्न उमेर समूहका देशभरका १ सय बढि खेलाडीले भाग लिने प्रतियोगिताका संयोजक सागर थापाले बताए ।

थापाका अनुसार प्रतियोगितामा पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ माथि युगल, पुरुष भेन्ट्रान्स ४५ माथि, पुरुष भेन्ट्रान्स ५५ माथि गरि कुल ११ इभेन्टमा खेल संचालन हुने छ ।

प्रतियोगिता सञ्चालन गर्न देविनगर लन टेनिस कम्प्लेक्समा राष्ट्रिय स्तरका ४ वटा कोर्टको निमार्ण गरिएको र प्रतियोगिताका खेलहरु अन्तराष्ट्रिय नियम अन्तरगत खेलाईने संघका अध्यक्ष ज्ञवालीले बताए ।
‘देशभरका रेकिङ खेलाडीहरु बुटवल आउने र राजधानी बाहिर यस प्रकारको कार्यक्रम पोखरापछि बुटवलमा मात्र गराउन सकिने अवस्था छ,’–ज्ञवालीले भने।

संघका सचिव तथा प्रचारप्रसार संयोजक सबर मियाले प्रतियोगिताको तयारीको काम करिब पूरा भएको एवं बुटवलमा खेलाडीहरु आउने क्रम सुरु भएको जनाएका छन् ।

प्रतियोगिताको महिला/ पुरुष सिगल तर्फ उपाधि विजेताले ६० हजार दोस्रो हुनेले ३० र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता ४०, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
४५ वर्षमाथिका विजेताले ३५, दोस्रोले २० र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश ३५ हजार, २० हजार र १० प्राप्त गर्नेछन्। ५५ वर्षमाथि उमेर समुहको विजेताले २५, दोस्रो १५ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
६५ वर्षमाथि उमेर समुहको विजेताले १५ दोस्रो ७ हजार ५ सय तथा तेस्रो ५ हजार रुपैया प्राप्त गर्नेछन्।
यसैगरि डबल्सतर्फ पुरुष /महिला डबल्सको उपाधि विजेताले २० , दोस्रोले १० हजार रुपैयाँ गर्नेछन् ।
यसैगरि भेन्ट्रान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेताले १५ हजार र दोस्रो १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

५ लाख ६२ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा १९ लाख रुपैयाँ भन्दा बढि खर्च हुने अनुमान छ ।

प्रतियोगिता आयोजना गर्न यसवर्ष बुटवल उपमहानगरपालिकाबाट ८ रुपैयाँ लाख वजेट विनियोजन छ ।

पछिल्लो समयमा काठमाडौं र पोखरा पनि बुटवलमा व्यवस्थित लन टेनिस प्रतियोगिता आयोजना हुदै आएको छ । रुपन्देही लन टेनिस संघले ५ पटक लन टेनिस प्रतियोगिता आयोजना गर्न सफल भएको छ ।

गत बर्ष भएको पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को उपाधि महिलातर्फ अभिलाषा विष्ट र पुरुषतर्फ प्रदिप खड्काले जितेका थिए।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.