default_image

2 years ago

March 18, 2024

एपिएफमाथि डायमण्डको जित

2574 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

डायमण्डले उपाधि दावेदार एपिएफमाथि ३–१ को सेटमा जित निकालेको हो । खेलको सुरुवातदेखि नै उच्च प्रदर्शन गरेको डायमण्डले त्यही प्रदर्शनलाई निरन्तरता दिदा सफलता हात पारेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलको पहिलो सेट डायमण्डले २५–१७ ले आफ्नो पक्षमा पार्यो । तर, डायमण्डले दोस्रो सेटमा लय गुमाउँदा १७–२५ ले नतिजा सुम्पियो ।

तेस्रो सेट २५–१५ ले जित्दै डायमण्ड खेलमा फर्कियो । चौथो सेटमा एक समय ५ अंकको आरामदायी अग्रता लिएपनि एपिएफले बलियो चुनौती पेश गर्दा खेल २३–२३ को बराबरीमा पुगेको थियो ।

त्यसपछि डायमण्डले लगातार २ अंक जोड्दै २५–२३ को रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । डायमण्डकी लिवेरो सलिना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

यस पहिलो जितले डायमण्डले ३ अंक बटुलेको छ । पहिलो हार बेहोरेको एपिएफको दुई खेलबाट ३ अंक छ । जितविहीन मधेश प्रदेश अंकविहीन छ ।

आज नै तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । एभरेष्टले आर्मीलाई २४–२६, २५–१७, २५–१७ र २५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले कोशी प्रदेशलाई हराएको थियो ।

समूहमा अर्को टोली नेपाल पुलिस क्लब रहेको छ । एभरेष्टले आफ्नो अन्तिम खेलमा पुलिसको सामना गर्नेछ । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आज नै पुलिस र बुढानिलकण्ठ, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब, आर्मी र न्युटन एकेडेमी तथा एपिएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.