default_image

2 years ago

March 18, 2024

गण्डकीको पहिलो जित

1957 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ ।

पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको गण्डकीले मणि मुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भएको समूह चरणको खेलमा गण्डकीले पहिलो र दोस्रो सेट सहजै २५–१८ र २५–१४ ले सहजै आफ्नो पक्षमा पारेपनि तेस्रो सेट भने २७–२९ ले गुमाउन पुगेको थियो ।

प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा गण्डकी सुरुवातबाटै पछि परेको थियो । खेलमा फर्कने प्रयास गरेपनि सफल हुन नसक्दा खेल चौथो सेटमा लम्बियो । चौथो सेटमा भने गण्डकीले २५–१९ को सहज जित निकाल्न सफल भयो । गण्डकीका रवि केसी प्लेयर अफ दि म्याच घाेषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस जितसँगै समूह ‘डी’ बाट गण्डकीले क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब गण्डकीलाई क्वाटरफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा न्युटन भलिबल क्लबलाई पराजित गर्नुपर्ने हुन्छ । मणि मुकुन्दले पनि समूह क्वाटरफाइनलको सम्भावना जीवित राख्न अन्तिम खेलमा आर्मीलाई पराजित गर्नुपर्ने हुन्छ ।

यस जितसँगै दुई खेलबाट गण्डकीको ३ अंक छ । समान खेलबाटै मणि मुकुन्दको पनि ३ अंक छ । एक खेल खेलेको आर्मीको पनि ३ अंक रहँदा न्युटनले अंकको खाता खोल्न सकेको छैन ।

आज नै पुरुषतर्फ आर्मी र न्युटन भलिबल क्लब तथा एपिएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ । यसअघि पुरुषतर्फ पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–१४ र २५–२२ को सोझो सेटमा पराजित गर्दै समुह ‘सी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । हारका बावजुत बुढानिलकण्ठ पनि क्वाटरफाइनलमा पुगेको छ ।

आज नै महिलातर्फ तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–१७, २५–१७ र २५–२२ ले पराजित गरेको छ । यस्तै चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले नेपाल एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५ र २५–२३ ले पराजित गरेको छ ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.