2 years ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशमाथि सानदार पूनरागमन जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पराजित सुदुर उपविजेता बनेको छ ।
सुरुवातमा अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा एपिएफ दवावमा आएको थियो । २४–२४ को बराबरीबाट एपिएफले लगातार दुई अंक गुमाएको थियो । दोस्रो सेटमा भने एपिएफको प्रदर्शन भने फितलो बन्दा सेट १९–२५ ले गुमाउन पुग्यो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट एपिएफले २८–२६ ले जित्दै खेलमा फर्कने संकेत दिए । एक समय ४ अंकले पछि परेको एपिएफले चार म्याच प्वइन्टमा खेल आफ्नो पक्षमा पारेको हो ।

चौथो सेटमा भने एपिएफ २५–२२ ले विजयी भएपछि खेल पाँचौं सेटमा लम्बियो । रोमाञ्चक र प्रतिस्पर्धात्मब बनेको पाँचौ सेट एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्न सफल भयो ।
१४–१३ को स्थितिमा सुदुरका भारतीय खेलाडी शाहिलको सर्भिस जालीमा लागेपछि खेल एपिएफको पोल्टामा पर्यो । एपिएफका विजय थापा केल्मी प्लेयर अफ दि म्याच चुनिए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर पाए ।
यस जितले एपिएफले दुई खेलबाट ५ अंक बटुल्दा सुदुरले ४ अंक जोड्यो । जावलाखेल अंकविहीन बन्यो । अब एपिएफले समूह ‘डी’ को उपविजेता तथा सुदुरले ‘डी’ को विजेतासँग खेल्नेछ ।
पुरुषतर्फ साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको समूह ‘ए’ को विजेता बनेको छ । हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । यो समूहको उपविजेता कोशीले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
आज नै महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले तीन भारतीय र नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ ।
हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे सेमिफाइनल पुग्ने छ । पुलिसको ५ र आर्मीको ३ अंक छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]