2 years ago
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल लगातार उपाधि नजिक पुगेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाललाई कडा चुनौती पेश गरेपनि गण्डकीको यात्रा सेमिफाइनलमा रोकिन पुग्यो ।
हेल्प नेपालले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहँदा हेल्प नेपालले २७–२५ ले बाजी मार्यो । २४–२१ ले अघि रहँदा गण्डकीले लगातार ३ अंक बटुल्दै खेललाई २४–२४ को बराबरीमा ल्याए । तर, त्यसपछि गण्डकीले एक अंक बटुल्दा हेल्प नेपालले म्याच प्वइन्ट लिदै खेललाई आफ्नो पक्षमा ढल्काए ।
तेस्रो सेटको सुरुवात प्रतिस्पर्धात्मक रहेपनि १२–१२ को बराबरीबाट गण्डकीको प्रदर्शन राम्रो हुन सकेन । गण्डकी निरिह बन्दा हेल्प नेपालले २५–१९ को सहज जित निकाल्दै अन्तिम दुईमा पुग्न सफल भयो ।

२१–१७ को स्थितिमा टोलीका महत्वपूर्ण पाकिस्तानी स्पाइकर उस्मान फरयाद अलीले चोट बोक्न पुग्दा हेल्प नेपाल दवावमा आएपनि फखर उद्धिनले टोलीको जित सुनिश्चित गरे । गण्डकीविरुद्ध सानदार प्रदर्शन गरेका हेल्प नेपालका उस्मान फरयाद अली केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
आज नै दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछ । खेल केही समयपछि हुनेछ । यस खेलको विजेताले शनिबार हेल्प नेपालसँग खेल्नेछ । पराजित टोलीले तेस्रो स्थानको लागि गण्डकीसँग खेल्नेछ ।
स्पाइकर सरस्वती चौधरी केल्मी प्लेयर अफ दि म्याच भएको खेलमा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । एपिएफले डायमण्डमाथि २५–२२, २३–२५, २५–१४ र २५–२१ को सेटमा जित निकाल्यो ।
महिलातर्फको उपाधिका लागि शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । एभरेस्टले राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय खेलाडीलाई टोलीमा समेटेको छ ।
महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]