2 years ago
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ ।
आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो । यसअघि आफ्नै खेलाडीमा खेल्दै आएको एभरेस्टले यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित कप्तान अरुणा र भारतीय राष्ट्रिय टोलीका तीन खेलाडीलाई टोलीमा समेट्दा उपाधि जित्न सफल भएको हो ।
पहिलोपल्ट च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो । यससँगै एभरेस्टले समूह चरणमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ । समूह चरणमा पुलिसले ३–२ को सेटमा जित निकालेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा एभरेस्टले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्यो । एभरेस्टले पहिलो सेट १९–२५ ले गुमाउन पुगेको थियो । तर, त्यसपछि एभरेस्टको विशेष गरी मिडल ब्लकर सुर्या र केपी अनुश्रीको प्रदर्शन सानदार रह्यो ।
दोस्रो सेटमा एभरेस्ट एक समय ११–६ ले अघि रह्यो । त्यसपछि १७–१७ को बराबरीबाट पुलिस अघि बढेपनि सुर्या र केपी अनुश्रीको सानदार प्रदर्शनमा एभरेस्टले दोस्रो सेट २५–२२ जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए ।
तेस्रो सेटमा पनि एभरेस्टको सुरुवात राम्रो रह्यो । १०–३ ले अघि रहँदा पुलिसले पूनरागमन प्रयास गर्दै खेललाई १०–७ को स्थितिमा ल्याए । तर, त्यसपछि पुलिसको प्रदर्शन फितलो बन्दा एभरेस्टले तेस्रो सेट २५–१८ ले सहजै जित्दै खेलमा २–१ को अग्रता लिन सफल भयो ।
चौथो सेटमा पनि एभरेस्टको सुरुवात निकै राम्रो रहँदा ७ अंकको आरामदायी अग्रता लिदै खेलमा पकड जमायो । पुलिसले पूनरागमन प्रयास गरेपनि सफल नहुँदा एभरेस्टले २५–१९ को सहज जित निकाल्न सफल भयो ।
सेमिफाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध सानदार प्रदर्शन गरेकी पुलिसकी पुनम चन्दले आफ्नै पुर्व क्लबविरुद्ध भने राम्रो खेल पस्कन सकेन ।
पहिलोपल्ट च्याम्पियन बनेसँगै एभरेस्टले ५ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
आज नै पुरुषतर्फको फाइनल हुँदैछ । फाइनलमा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२० र २९–२७ ले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।
महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत ३ गतेबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]