default_image

1 month ago

March 29, 2024

पिंक केयरएथन अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० […]

475 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको जनाइएको छ। जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पिंक केयरएथनमा यसपटक झन्डै ३ हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको बताइयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

सहभागी हुन चाहने महिलाहरुले इसेवाबाट नाम दर्ता गर्न सक्ने बताइएको छ। लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र कारणले रोकिएको यो वर्ष पुनः आयोजना हुने लागेको हो।

April 29, 2024

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद

हिमाल खरेल,बिर्तामेड कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड […]

April 28, 2024

महिला हक्की – सेमिफाइनलमा आर्मी र मधेश भिड्ने

धुलिखेल (हाम्रो खेलकुद) – छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै समूह बी को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबार […]

April 28, 2024

राजन र मिलन अगाडि

ललितपुर (हाम्रो खेलकुद) – झापाका राजन सुवेदी र काठमाडौंका मिलन लामा ५ अंक सहित नवौं गणेशमान सिंह स्मृति रेटिङ क्लासिक बुद्धिचालमा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् । आयोजक क्लबबाट खेलेका राजन ५ खेलमा ५ जितसहित नकआउट तर्फ अग्रसर भएका छन् । उनले ललितपुरका सोम आले माथि पिस अप हुँदै जित निकालेका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ […]

Success

Thank you for your time.