default_image

4 months ago

April 6, 2024

एन्फा महासचिव राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

493 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि एन्फामा भ्रष्टाचार र अनियमितताको‌ आरोप लागेको‌ छ ।

एन्फाको जिल्ला फुटबल संघ गोरखाका सदस्य अमित खत्रीले महासचिव राई विभिन्न शीर्षकमा अनियमितता संलग्न भएको आरोपसहित शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानविनको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

खत्रीले एन्फामा र भ्रष्टाचार र वेथिति व्याप्त रहेको र जसका कारण नेपालमा फुटबल खेलको भविष्य नदेखेर दिनहुँ जस्तो सम्भावना भएका खेलाडीहरु समेत विदेशिन वाध्य रहेको उल्लेख गरेका छन् ।

एन्फाका महासचिव राईले होटल सोल्टी, केटिएम सिटी केल्मी लगायत विभिन्न मार्केटिङ्ग एण्ड टिकेटिङ्ग कम्पनीबाट लाखौ रुपैया कमिसन खाई अस्वाभाविक जीवन यापन गरेको र काठमाण्डौंमा घर घडेरी जोडेको भन्ने जानकारी भएको उनले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको श्रोत के हो भन्ने प्रश्न गरेका छन् ।

त्योसँगै अन्य शीर्षकमा पनि राईले अनियमितता गरेको आरोप उजुरीमा‌ उल्लेख छ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.