9 months ago
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो ।
कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका र ३ छक्का सहित ३९ रन बनाए भने सर्फराज अलीले २३ रन जोडे । उमेर टुरले १० रन बनाए ।
कम्बोडियाका लागि उत्कर्ष जैनले २ तथा राम शरणले १ विकेट लिए ।
त्यसअघि अल अमेरातमा टस जितेर ब्याटिङ रोजेको कम्बोडिया १७.२ ओभरमा ८३ रनमै समेटियो ।
कम्बोडियाका लागि लुकमन बटले सर्वाधिक २१ रन बनाए । यस्तै श्रवण गोदाराले १७ तथा सालभिन स्ट्यानलीले १५ रन जोडे ।
कम्बोडियालाई सस्तैमा समेट्न बहराइनका अलि दावुद र हैदर बटले ३-३ विकेट लिए भने अब्दुल माजिदले २ तथा साथैया भिरापाथिरन र सर्फराज अलीले १-१ विकेट लिए ।
जित पछि समूह बि मा बहराइनले पहिलो दुई अंक जोड्दै प्रतियोगिता टुंग्याएको छ । कम्बोडिया १ खेल बाँकी रहँदा अंकविहिन छ । ओमानको ३ खेलमा ६ अंक रहँदा कुवेत र युएईको ४-४ अंक छ ।
भोलि अन्तिम दिन हुने खेलहरुमा कम्बोडिया र युएई भिड्दा ओमनमा र कुवेत एकअर्कासँग भिड्ने छन् । समूहको शीर्ष दुई टोली सेमीफाइनल पुग्ने छन् ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]