2 years ago
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ ।
सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा गल्कोट स्पोर्ट्स क्लब २५–२० ले विजयी हुँदा दोस्रो सेटमा २५–२१ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । गल्कोट समाजबाट नेपाल पुलिस क्लबका मिडल ब्लकर तोरण चन्द ठकुरीले खेलेका थिए ।
उपाधिसँगै गल्कोट स्पोर्ट्स क्लब जापानले ३ लाख ३३ हजार ३ सय ३३ जापानी येन, रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोट समाज जापानले २ लाख २२ हजार २२२ येन, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

सेमिफाइनमा पराजित एनवाइएससी जापान र घुम्टे युवा परिवार जापानले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाणपत्र पाएको छ । घुम्टेमा गण्डकी प्रदेश भलिबल टोलीका प्रभावशाली स्पाइकर रवि केसी रहेपनि आफ्नो टोलीलाई उपाधि भने दिलाउन सकेनन् ।
गल्कोट स्पोर्ट्स क्लबका घनश्याम चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै सम्मान प्राप्त गर्यो ।गल्कोट समाजका राजेश कुँवर स्पाइकर, गल्कोट स्पोर्ट्स क्लबका महेन्द्र सहानी सेटर, गल्कोट स्पोर्ट्स क्लबकै पाण्डव खत्री सर्भर, गल्कोट समाज जापानका सन्दीप क्षेत्री ब्लकर, गल्कोट समाज जापानकै सन्जीव थापा लिवेरो र गल्कोट स्पोर्ट्स क्लबका अमर भण्डारी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले ट्रफीसँगै प्रमाणपत्र प्राप्त गरे ।
गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष वि.स. २०८१ को अवसरमा आयोजना गरेको एक दिने प्रतियोगितामा एनवाईसी ताराखोला जापान, पर्वत समाज जापान, घुम्टे युवा परिवार जापान, गल्कोट नुवाकोट समाज जापान, तल्लों लमाई समाज जापान, गल्कोट समाज जापान, फ्रेन्ड्स सर्कल जापान, शिवज्योति जापान, गल्कोट स्पोर्ट्स क्लब टोकियो जापान, बोहराफाँट समाज जापान र एनवाईएससी जापान गरी ११ टोलीको सहभागिता रहेको थियो ।
खेलहरु नकआउटका आधारमा भएको थियो । प्रवासमा रहेका खेलाडीहरूको हौसला बृद्धि गर्न क्लबले स्थापना कालदेखि नै पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबका अध्यक्ष दुर्गा बहादुर खत्रीले बताएका छन् ।
प्रतियाेगिताकाे सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट खेलाडी – घनश्याम चौधरी (गल्कोट स्पोर्ट्स क्लब)
स्पाइकर – राजेश कुँवर (गल्कोट समाज जापान)
सेटर – महेन्द्र सहानी (गल्कोट स्पोर्ट्स क्लब)
सर्भर – मनाेज खत्री ‘पाण्डव’ (गल्कोट स्पोर्ट्स क्लब)
ब्लकर – सन्दीप क्षेत्री (गल्कोट समाज जापान)
लिवेरो – सन्जीव थापा (गल्कोट समाज जापान)
प्रशिक्षक – अम्मर भण्डारी (गल्कोट स्पोर्ट्स क्लब)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]