default_image

2 years ago

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

4749 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे ।

रोजगारीकै शिलशिलामा दुई साताअघि जापान पुगेका घनश्यामले त्यहाँ आयोजना भएको प्रतियोगिता खेलेका थिए । रोजगारीको शिशिलामा घनश्यामसँगै गण्डकीका रवि केसी र तोरण चन्द ठकुरी पनि जापान पुगेका छन् ।

लामो समयपछि कोर्टमा फर्किएका घनश्यामले चोटबाट पूनरागमन गरेकै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन बनाए । घनश्याम चोटका कारण पछिल्लो समय मैदान बाहिर रहेका थिए । गत साउनमा काठमाडौंमा भएको दोस्रो किङ्स कप पुरुष भलिबल प्रतियोगिता खेलेयता घनश्याम चोटका कारण कोर्ट बाहिर रहेका थिए ।

त्यसपछि उनी असोजमा काठमाडौंमा भएको वीरजङ कप र तीन महिनाअघि महेन्द्रनगरमा सम्पन्न तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकीको टोलीमा रहेपनि उनी खेलेका थिएनन् ।

व्यक्तिगत विधातर्फ गल्कोट समाजका राजेश कुँवर स्पाइकर, गल्कोट स्पोर्ट्स क्लबका महेन्द्र सहानी सेटर, गल्कोट स्पोर्ट्स क्लबकै पाण्डव खत्री सर्भर, गल्कोट समाज जापानका सन्दीप क्षेत्री ब्लकर, गल्कोट समाज जापानकै सन्जीव थापा लिवेरो र गल्कोट स्पोर्ट्स क्लबका अमर भण्डारी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले ट्रफीसँगै प्रमाणपत्र प्राप्त गरे ।

सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै गल्कोट स्पोर्ट्स क्लब जापानले ३ लाख ३३ हजार ३ सय ३३ जापानी येन, रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोट समाज जापानले २ लाख २२ हजार २२२ येन, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।सेमिफाइनमा पराजित एनवाइएससी जापान र घुम्टे युवा परिवार जापानले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाणपत्र पाएको छ ।

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष वि.स. २०८१ को अवसरमा आयोजना गरेको एक दिने प्रतियोगितामा एनवाईसी ताराखोला जापान, पर्वत समाज जापान, घुम्टे युवा परिवार जापान, गल्कोट नुवाकोट समाज जापान, तल्लों लमाई समाज जापान, गल्कोट समाज जापान, फ्रेन्ड्स सर्कल जापान, शिवज्योति जापान, गल्कोट स्पोर्ट्स क्लब टोकियो जापान, बोहराफाँट समाज जापान र एनवाईएससी जापान गरी ११ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट खेलाडी – घनश्याम चौधरी (गल्कोट स्पोर्ट्स क्लब)
स्पाइकर – राजेश कुँवर (गल्कोट समाज जापान)
सेटर – महेन्द्र सहानी (गल्कोट स्पोर्ट्स क्लब)
सर्भर – पाण्डव खत्री (गल्कोट स्पोर्ट्स क्लब)
ब्लकर – सन्दीप क्षेत्री (गल्कोट समाज जापान)
लिवेरो – सन्जीव थापा (गल्कोट समाज जापान)
प्रशिक्षक – अम्मर भण्डारी (गल्कोट स्पोर्ट्स क्लब)

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.