2 years ago
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
पहिलो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । दोस्रो सेटमा एक समय ६ अंकले पछि परेको एपिएफले पुनरागमन प्रयास गरेपनि सफल हुन सकेन ।
१९–१९ को बराबरीमा ल्याएपनि एपिएफले अग्रता भने लिन सकेन । तेस्रो सेटमा एपिएफले २५–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा ढल्काए । प्रतिस्पर्धात्मक चौथो सेटमा पनि एपिएफले आफ्नो लयलाई कायम राख्दै २५–१६ को सहज जित निकाल्न सफल भयो ।
एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् । जितसँगै एपिएफले ३ अंक बटुलेको छ । पुलिस अंक विहीन छ ।
आफ्नाे मुख्य स्पाइकर उषा भण्डारी टाेलीमा नहुँदा पुलिसकाे प्रदर्शन केही फितलाे देखिएकाे थियाे । उषा अर्काे खेलमा उपलब्ध हुनेछिन् । चाेटकै कारणा अर्की स्पाइकर कामना विष्ट पनि टाेलीमा छैनन् ।
आज नै पहिलो खेलमा साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पहिलो दिन सबै चार टोलीले समान एक खेल खेल्दा एपिएफ र न्यु डायमण्डले समान ३ अंक जोडेको छ । पुलिस र आर्मीले अंक जोड्न सकेको छैन ।
बिहीबार आर्मी र एपिएफ तथा पुलिस र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरु भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विजेताले गत वर्ष भन्दा १ लाख ९९ हजार रुपैयाँ बढी प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]