9 years ago
August 12, 2015
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ ।
सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए ।
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रमबहादुर राणा, किक बक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बुढाथोकी छन् । सुनील र प्रमिलाले समान ५०–५० हजार पाए । अन्य ७ खेलाडीले जनही १ लाख रुपैयाा प्राप्त गरे ।
सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन् ।
सम्मानितहरुलाई उप्रधान तथा गृह मन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रबीच प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे ।
सम्मान कार्यक्रमअघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठानसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]