default_image

1 year ago

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

710 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको छ । अँ साँच्ची, तपाईले आज फुटसल खेल्नु भयो ?

हामीले चिनेको फुटसल वास्तविक फुटसल त होइन तर अहिलेलाई यही नै चिनौं । एउटै खेलको दुई वटा सर्वोच्च संस्थाहरु रहेको विश्वको सम्भवतः यो एउटा मात्रै खेल हो । नेपालमा पनि यसको दुई वटा स्वरुपहरु रहेको छ । एउटा एन्फा र अर्को नेपाल फुटसल संघ । एन्फा कछुवाको ताल र गतिमा रहे पनि नेपाल फुटसल संघको भने अत्तोपत्तो केही छैन । आजको छलफल स्वभावतः एन्फा र तहाको फुटसल कमिटि माथि केन्द्रित छ ।

निजि लगानीले नै नेपालको फुटसल वर्तमान अवस्थामा आइपुगेको छ । फुटसलको परिचय र विस्तारमा निजि क्षेत्रले अह्म भूमिका निभाएको छ । अबको समय भनेको एन्फा र यस मातहतको फुटसल कमिटिले जिम्मेवारी लिएर भोलीको सुदृढ बाटो बनाउनु हो । फुटसलको विकास आखिरमा फुटबलकै विकास हो ।

नेपालमा फुटसलको लोकप्रियता बढेर गइरहेको समयमा एउटा निजि संस्थाले केही वर्ष पहिले १० लाख रुपैयाँ राशीको प्रथम पुरस्कार राखेर फुटसल लिगको सफल आयोजना गरेको थियो । उक्त प्रतियोगिताले एन्फालाई केही (सकरात्मक) दबाब परेको थियो । परिणामतः एन्फाले फुटसल लिगको आयोजनाको जिम्मा एउटा निजि कम्पनीलाई दिएर आफ्नो औपचारिक पाइला चालेको थियो । एन्फा र नीजि कम्पनीले आयोजना गरेको उक्त लिगहरुले अन्तर्राष्ट्रिय मापदण्डहरु भने पूरा गरेको थिएन ।

पछि २०७७ सालमा पोखरामा एन्फाले अर्को नीजि कम्पनीसँग सम्झौता गरेर पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डको मैदानमा लिग सम्पन्न गर्‍यो । त्यसपछि ? त्यसपछि अब अर्को संस्करण कहिले हुन्छ भनेर स्वयं एन्फालाई पनि थाहा छैन ।

नयाँ कमिटी आएको छ । अब हेर्नु छ नयाँ कमिटीको कामहरु । भर्खरै कुनै नीजि कम्पनीसँग सहकार्य गरेर उपत्यकामा कलेजव्यापी फुटसल लिग सम्पन्न भएको छ । यो सकरात्मक कुरा नै हो, तर नयाँ कमिटी अल्मलिएको भने प्रष्ट देखिन्छ । के गर्ने भनेर नयाँ कमिटीको प्रष्ट योजनाहरु केही पनि सुन्न—पढ्न पाईएको छैन ।

एन्फाले बजेट दिएन भनेर नयाँ कमिटी पन्छिन सक्दैन किनकी नेपाली फुटसलमा जरा (शुन्य) देखिकै कामहरु गर्न बाँकी छ । अहिलेको समय काम गर्न र गर्नेको लागि अवसर पनि हो । कम्तिमा नीतिगत कुराहरुको निणर्य र कार्यान्वयन मात्र गर्न सके धेरै हुन्छ । नेपाली फुटबल जरा विनाको वृक्ष जस्तै हो । यस्तो वृक्ष नेपाली फुटसलले नरोपोस् । रोपोस् बिरुवा त जरा सहितकै ।

वास्तविक नेपाली फुटसल क्लब नभएको नेपालमा यसको स्वरुप र संरचना कस्तो हुनु पर्छ भन्ने विषय पहिलो हो । कम्पनी अवधारणामा निर्माण हुने व्यवसायिक (कम्तिमा स्वरुप भएको) क्लबलाई मात्र एन्फाले मान्यता दिनु पर्छ, जहाँ कम्तिमा युवा र महिला टिमलाई अनिवार्य गर्न सकिन्छ । अब व्यवसायिक फुटसल सेन्टरलाई क्लबको मान्यता दिएर गल्ती गर्नु हुँदैन ।

नेपालको वर्तमान क्लबहरुले फुटसल टिम निर्माण गर्ने मनसाय बनाए उनीहरुको विधानमा नै फुटसल टिम हुने कुरालाई समावेश गर्नु पर्ने स्पष्ट धारणा नयाँ कमिटीले निर्णय गर्नुपर्छ । उनीहरु सामुदायिक क्लबहरु भएको हुनाले केही निश्चित समय सीमा दिएर क्लब कम्पनीमा नै रुपान्तरण गर्न पर्ने या फुटसलको छुट्टै क्लब (कम्पनी) बनाउनु पर्ने निणर्य नयाँ कमिटीले गर्न सके यो महत्वकांक्षी दिर्घकालिन सकरात्मक कुरा हुनेछ । क्लब निर्माणको विषयमा नयाँ कमिटीमा दोधार भए अहिलको नेपाली फुटबल क्लबहरुले गरेको गल्तीलाई मात्र केलाउन सके काफी हुन्छ । फुर्सद होला त नयाँ कमिटीलाई ?

क्लबको अवधारणा प्रष्ट बनाउन सके, तहगत संरचना निर्माणको विषय जटिल हुँदैन । तहगत संरचनाको निणर्य पश्चात लिग संरचना र आयोजनाको बारेमा छलफल गरी सहजै निणर्य गर्न सकिन्छ । लिगलाई भव्य बनाउन नसके पनि अहिलेलाई व्यवस्थित गर्न सकिन्छ । जस्तो : लिगको आयोजना गर्ने समयलाई निश्चित गर्न सकिन्छ । लिगले राष्ट्रिय फुटसल टोली बनाउन सशुल्क फाराम भर्नु पर्ने नसुहाउँदो कदमलाई पूर्णविराम लगाइदिन्छ ।

नयाँ कमिटीलाई जाँगर भए तत्काल विद्यालय र नीजि कम्पनीहरुसँग समन्यव र सहकार्य गर्न सकेको खण्डमा तत्कालै होम एण्ड अवे अवधारणामा लिग वा लिग—कम—नकआउट वा गर्न सकिन्छ । आफ्नै फुटसल मैदान भएको विद्यालयहरुलाई यसमा समावेश गरेर पहिलो चरणमा प्रतियोगीता गर्न सकिन्छ । आफ्नै मैदान नभएको विद्यालयहरुलाई कुनै स्थानिय फुटसल सेन्टरसँग सहकार्य गर्न उत्प्रेरित गरेर सहभागी गराउन सकिन्छ । प्याब्सन, एन प्याब्सन लगायतको संस्थासँग छलफलमा बसे त झनै अच्छा !

फुटसल मैदान एन्फाको आफ्नै अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन तत्काल असम्भवप्रायः नै छ तर नीजि लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रिय नाप भएको आर्टिफिसियल (एष्ट्रो) ट्रफ मैदान बनाउन उत्प्रेरित गर्न सकिन्छ जहाँ राष्ट्रिय स्तरको प्रतियोगिताहरु गर्न सकिन्छ । ४० मिटर/२० मिटरको मैदान अहिलेको टड्कारो आवश्यकता हो । तीतो सत्य के हो भने, फुटसल खेल भित्रिएको छ तर यसका समस्त आयामहरु भित्रि सकेको छैन ।

माथिको पंक्तिहरु अन्तिम सत्य होइनन् तर प्रस्थानबिन्दु भने हन सक्छ । गर्नु पर्ने कामहरु धेरै छन् तर अहिलेलाई क्लबको निर्माण , त्यसको तहगत संरचना र लिगको स्पष्ट अवधारणा माथि गम्भीर विचार विमर्श नयाँ फुटसल कमिटीले गर्न सके समय खेर जाँदैन र त्यो भविष्यलाई योगदान रहनेछ । कवि उपेन्द्र सुब्बाको “समान अन्तर” कविताले भन्छ नि –

गरेर खानलाई बाउसँग संसार छ ,
भोक भोकै मर्न तयार मसँग अहंकार छ ।

यस्तै यस्तै ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.