1 year ago
September 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् ।
पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव चिकबञ्जारलाई ११-७, ११-३ र ११-९ को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले एपिएफकी दिया देउलालाई सिधा सेटमा ११–५, ११–२ र ११–८ ले हराइन् ।
मिक्स डबल्समा पुलिसका संयोग कपाली र लक्षिताको जोडीले एपिएफका राजीव र अनिता महर्जनको जोडीलाई ११–८ र ११–४ ले हरायो।
नकआउटमा जुन टोलीले पहिले ८ अंक हासिल गर्छ त्यही टोली विजयी हुने नियम छ । त्यस आधारमा पुलिस समग्रमा ८-० ले विजयी भयो । १ सेट जितका लागि १ अंक पाउने प्रावधान छ ।
प्रतिस्पर्धात्मक अर्को सेमिफाइनलमा स्ट्यागले यल टेबल टेनिसलाई समग्रमा ८-६ ले पाखा लगायो । पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङगालाई ११-९, ११-२ र ११-९ ले पन्छ्याउदै यललाई ३-० को अग्रता दिलाए ।
महिला सिंगल्समा प्रहरीकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३-० को सोझो सेटमा जित दर्ता गर्दै खेललाई ३-३ को बराबरीमा ल्याइन् । त्रिशाले ११-६, ११-९ र ११-४ ले खेल जितिन् ।
मिक्स डबल्समा यलका एलेक्स महर्जन र मुनमुनको जोडी विरुद्धको खेलमा स्ट्यागका गनन्जय र त्रिशाको जोडी तीनै सेटमा समान ११-७ को नतिजामा विजयी भयो ।
मिक्स डबल्सको समाप्तिमा स्ट्याग ६-३ ले अगाडि रह्यो । अर्को पुरुष सिंगल्समा यलका एलेक्सले स्ट्यागका प्रवेशलाई ११-८, ११-९ र ११-१० ले पराजित गरेसंगै खेल ६-६ को बराबरी अवस्थामा पुगेको थियो ।
निर्णायक तथा अन्तिम स्पर्धाका रुपमा रहेको महिला सिंगल्समा यलकी रविना महर्जन विरुद्ध स्ट्यागकी सुस्मिता खड्काले सुरुका २ सेटको नतिजा ११-८ र १२-१० ले आफ्नो पक्ष पारेपछि पुलिसलाई आवश्यक ८ अंक पुग्यो ।
लिगमा सेट १०-१० को बराबरी भएमा ‘गोल्डेन प्वाइन्ट’ का आधारमा सेटको नतिजा टुंगो लगाउने प्रावधान छ । फाइनल शनिवार हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]