default_image

8 months ago

September 29, 2024

यी विदेशी खेलाडीले खेल्नेछन् एभरेष्ट महिला भलिबल लिग

3427 views

0 Bookmark

दिल तामाङ

नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको योे फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज १९ गतेसम्म चल्नेछ ।

इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालीदेखि विदेशी खेलाडीसम्मले खेल्नेछन् ।

हरेक टोलीमा १२ खेलाडी हुनेछन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राप्टबाट ८–८ खेलाडी अनुबन्ध गरेका छन् । एक खेलाडी ट्यालेन्ट हन्टबाट लिएका छन् । ट्यालेन्ट हन्टबाट ६ खेलाडीले खेल्ने अवसर पाउनेछन् । त्यसमा ३ विदेशी खेलाडी अनिवार्य हुनेछन् । तर, गण्डकी थन्डर्सले चार खेलाडी अनुबन्ध गरेको छ ।

फ्रेन्चाइज लिगका क्लबले आफ्नो राष्ट्र र क्लबबाट प्रतिनिधत्व गरी थुप्रै उपाधि जितिसकेका अनुभवी तथा उदियामान खेलाडीलाई अनुबन्ध गरेको जनाएका छन् । अनुभवी र युवा विदेशी खेलाडीको आगमनले यो फ्रेन्चाइज लिग रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आँकलन गर्न सकिन्छ । यी खेलाडीसँग खेल्न नेपाल खेलाडी पनि उत्साहित छन् । उमेर हेर्दा २० देखि ३० वर्षसम्मका विदेशी खेलाडी नेपाल आएका छन् ।

काठमाडौंले अनुबन्ध गरेका टर्किएकी अपोजिट हिटर पेलिन एरोक्टे सबैभन्दा कम उमेरकी विदेशी खेलाडी हुन् । ६ फिट २ इन्चकी प्रतिभाशाली उनी टर्किएकाे उमेर समुहमा उत्कृष्ट सर्भर र उत्कृष्ट अपाेजिट हिटरसँगै सवाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । उनी यस लिगमा हेर्न लायक खेलाडीकाे सुचीमा रहेकी छिन् ।

चर्चित विदेशी खेलाडीको आगमनसँगै लिगको चर्चासमेत चुलिएको छ । यसअघि आफ्नो क्लबबाट खेल्दै आएका नेपाली खेलाडीहरु यसपटक भने बाँडिएर विदेशी खेलाडीसँगको समन्वयमा खेल्नेछन् । विदेशी र नेपाली खेलाडीको तालमेल कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ । इडब्लुभिएल खेल्न विश्व भलिबलको पावर हाउस अमेरिकादेखि टर्की र रसियासम्मका खेलाडी नेपाल आएका छन् ।

यस्तै नेपाली लिगमा अनुभव बटुलिसकेका भारतीय खेलाडीसँगै बुल्गेरिया, ग्रीस, काजकस्तान, ट्युनिसिया र थाइल्यान्डका खेलाडीको प्रदर्शन यो इडब्लुभिएल फ्रेन्चाइज लिगमा हेर्न पाइनेछ । यो लिगमा ९ राष्ट्रका १९ विदेशी खेलाडी अनुबन्ध भएका छन् ।

सबैभन्दा धेरै खेलाडी ५ खेलाडी भारतबाट रहेका छन् । उनीहरु सबै भारतीय राष्ट्रिय टोलीका हुन् । टर्की, रसिया र थाइल्यान्डका समान ३ खेलाडी छन् । अमेरिका, ग्रीस, बुल्गेरिया, ट्युनिसिया र काजकस्तानका समान १ खेलाडी छन् । उनीहरु आउटट साइड, अपोजिट हिटरदेखि सेटर र मिडल ब्लकर हुन् ।

मधेश युनाइटेडले समान काजकस्तान, ट्युनिसिया र भारतीय खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले भारत र रसियाका समान २ खेलाडी अनुबन्ध गरेको छ । ललितपुर क्विन्सले तीनै जना खेलाडी थाइल्यान्डबाट ल्याएको छन् ।

नेपाली महिला राष्ट्रिय टोलीका कप्तानसमेत रहेकी अरुणा शाह मार्की खेलाडी रहेको चितवन शक्तिले भारतका दुई खेलाडी सूर्या र केपी अनुश्री अनुबन्ध गरेको छ । उनीहरुसँग नेपाली भुमिमा नेपाली घरेलु भलिबल खेलिसकेको अनुभव छ ।

यस्तै काठमाडौं स्पाइकर्सले टर्कीका २ र बुल्गेरियाका १ खेलाडी अनुबन्ध गरेका छन् । आक्रामक देखिएको कर्णाली यस्विसले अमेरिका, ग्रीस र टर्कीका खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीहरुले पनि पहिलोपटक नेपालमा आएर लिग खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

इन्फिनिटी ड्रिम्सले महिला सशक्तिकरण भन्दै महिला भलिबल आयोजना गर्न लागेको हो । अब पालो महिलाको भन्ने नाराका साथ इडब्लुभिएल आयोजना हुँदैछ । यसले नेपाली भलिबललाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य समेत राखेको छ ।

यस्तै खेलाडीहरुले यस लिगबाट आर्थिक रुपमा समेत केही रकम आर्जन गर्नेछन् । क्याटेगोरी ‘ए’ मा रहेका मार्की खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । क्याटेगोरी ‘बी’ मा हुनेले १ लाख, क्याटेगोरी ‘सी’ मा हुनेले ५० हजार पाउनेछन् । फ्रेन्चाइज टोलीले उपाधि जित्ने लक्ष्यसहित मोटो रकम खर्चिएर विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।

इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरेको छ । पहिलो वर्ष संघलाई २५ लाख रुपैयाँ दिनेछ । हरेक वर्ष १० प्रतिशतले उक्त रकम वृद्धि हुँदै जानेछ ।

कुन टोलीमा कुन विदेशी खेलाडी ?

मधेश युनाइटेड
कालिनोभा यभ्जेनिया, आउट साइड हिटर (काजकस्तान)
यस्रा जेराम्दिनी, मिडल ब्लकर (ट्युनिसिया)
जिनी कोभात साजी, सेटर (भारत)

काठमाडौं स्पाइकर्स
एन्ड्रिए स्भेतानोभा, सेटर (बुल्गेरिया)
पेलिन एरोक्टे, अपोजिट हिटर (टर्किए)
फुल्डेन युरल, आउट साइड हिटर (टर्किए)

ललितपुर क्विन्स
सुताड्ता चुवुलिम, आउट साइड हिटर (थाइल्याण्ड)
पत्राथिप सन्त्राकुन (थाइल्याण्ड)
वारन्या श्रीलाओङ (थाइल्याण्ड)

चितवन शक्ति
सूर्या, मिडल ब्लकर (भारत)
केपी अनुश्री, आउट साइड हिटर (भारत)
अन्ना दिमित्रिभा, मिडल ब्लकर (रसिया)

गण्डकी थण्डर्स
एलिसा रुबियक (रसिया)
शिल्पा सिन्धु (भारत)
एकातोरिना जुभ्यागिन्त्सेभा (रसिया)
जुही शा (भारत)

कर्णाली यस्विस
गाब्रिएल बेन्डा, (अमेरिका)
एथानेसिया लियाकी, (ग्रीस)
जेनेप आउट्रान (टर्किए)

May 14, 2025

ब्वाइज युनियन विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]

May 13, 2025

राष्ट्रिय कराते टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.